प्रधानमन्त्रीले स्वेच्छाचारी कदम लाद्नका लागि संसद विघटन गरे : उपेन्द्र यादव

लोकपथ
126
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी शासन लाद्नका लागि संसद विघटन गरेको आरोप लगाएका छन् ।

आज विपक्षी गठबन्धनले गरेको सम्पादक तथा पत्रकारहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले त्यस्तो संसदलाई असंवैधानिक तरिकाले विघटन गरेको आरोप लगाए ।

“लोकतन्त्र प्रेस स्वतन्त्रता र संविधानमा प्रधानमन्त्रीलाई विश्वास थिएन । संसद विघटन गरेर स्वेच्छाचारी कमद लाद्नका लागि प्रतिनिधि सभा विघटन गरियो ।” कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।

त्यस्तै वर्तमान सरकारको कारण लोकतन्त्र खतरामा परेको भन्दै आफूहरु त्यसको रक्षामा लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?