संवैधानिक इजलासमा हरिहर दाहाल : ‘राष्ट्रपतिले २ मिनेट ढिला भए बर्बादै हुन्छ भन्ने सोच्नुभयो’

लोकपथ
266
Shares

काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा बहस चलिरहेको छ ।

आज दोस्रो दिनको बहसका क्रममा वरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्माको मिलेमतोमा षडयन्त्रपूर्वक संसद भंग गरिएको आरोप लगाएका छन् । पूर्व महान्यायाधीवक्ता समेत रहेका दाहालले बहस गर्दै रातारात संसद विघटन गरिएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको रुपमा ओलीलाई बचाउँन राष्ट्रपतिको जोड देखिएको आरोप लगाएका छन् ।

जसरी हुन्छ प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई जोगिनुपर्नेमा राष्ट्रपतिको जोड देखियो । उनले अघि भने- “संसद् रातारात विघटन गरियो । बिहानसम्म पनि पर्खिइएन । २ मिनेट ढिला भयो भने त बर्बादै हुन्छ कि जस्तो गरियो ।”

त्यसैगरी राष्ट्रपतिले विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीको दाबी गरेको कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पर्याउँदा समेत हैसियत नपुगेको राष्ट्रपतिले जिकिर गर्नु अधिकार बाहिरको कुरा भएको जिकिर गरे ।

“धारा ७६ को उपधारा ५ मा पुगेपछि दलीय हैसियत वा दल खोज्ने अधिकार उहाँलााई कसले दियो बरु उल्टै उहाँहरु निर्ददीय व्यवस्था लागू गर्न खोजिरहनुभएको छ ।” उनले भने ।

वरिष्ठ अधिवक्ता दाहालले राजा वीरेन्द्रले समेत तीन चार दिन लगाउने काम राष्ट्रपति भण्डारीले ५ मिनेटमा नै गरिदिने गरेको जिकिर गरेका छन् । “उहाँ (राष्ट्रपति) रातारात गर्नुहुन्छ । मिनेटमा सिध्याइदिनुहुन्छ । प्रधानमन्त्रीले सिफारिस गर्नासाथ ५ मिनेटमा केहि बिग्रिहाल्छ कि भनेर तुरुन्तै अनुमोदन गर्नुहुन्छ । के मोहनी लाउनुभयो ? राजा वीरेन्द्रले त चार पाँच दिन लगाउँथे” उनले भने ।

हाल सर्वोच्चमा बहस जारी छ । यसअघि वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?