काठमाडौं । बलिउडका सुपरस्टार ऋतिक रोशनको ‘कृष ४’को लुक्स सार्वजनिक भएको छ ।
ऋतिकले सामाजिक सञ्जालमा एक भिडियो अपलोड गर्दै फिल्मको चौथो संस्करण ‘कृष ४’बो बारेमा जानकारी दिएका हुन् ।
ऋतिकले सामाजिक सञ्जालमा टिजर शैलीको भिडियो अपलोड गरेसँगै फिल्म निर्माण हुने भन्ने पक्का भएको छ ।
यसअघि पनि ‘कृष ४’ आउछ वा आउदैन भनेर सामाजिक सञ्जालमा धेरै चर्चा भएका थिए ।
भिडियोमा कृषको मास्क देखाइएको छ । भिडियोको अन्तिममा ‘कृषको १५ वर्ष’ लेखिएको छ । ‘अतितमा जे हुनु थियो, त्यो भइसकेको छ । हेर्दै जाउँ, भविष्य के लिएर आउछ’, उनले लेखेका छन् ।
https://www.facebook.com/hrithikroshan/videos/777770449573784
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया