काठमाडौं । सुरक्षा व्यवसायी संगठन नेपालले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा बाढि र पहिरो पिडितका लागि राहतका सामाग्री वितरण गरेको छ ।
मनसुनको सुरुवातसँगै बाढि र पहिरोको चपेटामा परेको हेलम्बु गाउँपालिकामा प्रभावित र ज्यान गुमाएका परिवारहरुलाई राहतका सामाग्री वितरण गरिएको सुरक्षा व्यवसायी संगठन नेपालका अध्यक्ष उद्धब राज डल्लाकोटिले लोकपथलाई जानकारी दिए ।

राहत वितरणबाट सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा २ का चनौटे, चुरेटार, गणेश बगर, रातोपुल, सुङरेखोलाका १ सय ६० घरधुरीलाई राहत मिलेको अध्यक्ष डल्लाकोटिले बताए ।

राहतमा चामल, नुन, तेल, दाल लगायतका सामाग्री रहेको थियो । राहत वितरण कार्यक्रम स्थानीय प्रतिनिधि र स्थानीय प्रहरीको रोहवरमा गरियो थियो ।

सुरक्षा व्यवसायी संगठन नेपालका तर्फबाट वरिष्ठ उपाध्यक्ष खेम राज भण्डारी ,उपाध्यक्ष प्रमोद आचार्य , महासचिव उद्धब शर्मा ,सचिव भोज कुमार श्रेष्ठ र कोषाध्यक्ष विजय कुमार तमाङ फिस्टेल सेक्यूरिटी सर्भिसका संचालक अचुत राज गौतमको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया