चितवन, ९ चैत– नारायणगढ–मुग्लिङ सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका ६ मा भीरबाट माइक्रोबसमाथि ढुंगा खस्दा चालकको मृत्यु भएको छ ।काठमाडौंबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको उक्त माइक्रो बसमा ढुङ्गा खस्दा चालक दिपक रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।सडक बिस्तारको काम चलिरहेको नारायणगढ मुग्लिङ्ग सडकको माथिको डाडामा डढेलो लागेको र सोही क्रममा ढुंगा खस्न पुगेको बताइएको छ ।माथीको डाडामा डढेलो लागेकोले अझै ढुङ्गा खस्न सक्ने भन्दै सावधानी पुर्वक यात्रा गर्न समेत अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया