दक्षिणकालीको विभत्स हत्या प्रकरण : सुरेशको त्यो ‘प्रस्ताव’ नकार्दा सन्तोषीको हत्या

काठमाडौं । गत सोमवार सन्तोषी सुब्बा दक्षिणकाली मन्दिर परिसरमा पुगेकी थिइन् । रात पर्नै लागिसकेको थियो ।खानलाई गाँस र बस्नलाई बास नभएपछि सन्तोषीले सुरेश तिमल्सिना (बसका सहचालक)लाई केही व्यवस्था गरिदिन भनिन् ।

अनौठो त के छ भने यी दुईबीच पुरानो चिनजान थिएन । भोक लागेर नास्ता गर्न जाँदा सन्तोषीको अर्को टेबलमा मादकपदार्थ पिईरहेका सुरेशसँग चिनजान भएको थियो ।

बसका सहचालक सुरेश तिमल्सिनाले आफ्नो बस खालि भएको र त्यहाँ बस्दा हुने बताएपछि सन्तोषीले बस भित्र रात बस्न सहमति जनाईन् । त्यसैअनुसार उनीहरु भेटेको चियापसलमा केहि नास्ता गरेर जंगलको बाटो बसपार्क जान लाग्दा बाटोमा सुरेशले उनीमाथि शारिरीक सम्पर्क राख्ने प्रस्ताव गरेको पक्राउ परेपछि प्रहरीसँग सुरेशले खुलाएका छन् ।

रात परिसकेको समय।

केहि बुट्यानसहितको जंगल

सहयोग मागेकै मानिस आफूमाथि जाईलागेपछि सन्तोषी प्रतिकारमा उत्रिन् । तर यसअघि भने उनीहरु त्यो पुरानो शौचालयसम्म सहमतिमा नै गएका थिए ।

केहीबेर दुवैजनाबीच वादविवाद र हात हालाहालको स्थिती भयो ।

सन्तोषी चिच्याउन थालिन् ।

वरपरका मानिसहरुले सुन्छन् भनेर सुरेशले सन्तोषीकै सलले घाँटी कसेर उनको हत्या गरे।

हत्यापछि सन्तोषीको अनुहार कसैले पनि नचिनुन् भनेर सुरेशले सन्तोषीको मृत शरीरमाथि ढुंगा बजारे । अनुहारमा छियाछिया पारेर हाने । क्षतविक्षत शव दक्षिणकालीको बसपार्क नजिकै रहेको (प्रयोगमा नआएको) शौचालयमा लगेर फालिदिए ।

No description available.

त्यसपछि सुरेश लुकीछिपी एउटा ट्याक्सी चढेर काठमाडौं आए ।

प्रहरीले उनलाई काठमाडौं-२७ कमलाक्षी इनबहालबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार सुरेश सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी – १४ घर भई हाल दक्षिणकाली नगरपालिका – ७ बस्थे ।

उनीमाथि थप अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए ।

प्रहरीको सफलता
सन्तोषीको हत्या गत असार ७ गते भएको थियो । जंगलमा रहेको प्रयोगमा नआएको शौचालयमा विभत्स अवस्थामा ८ गते बिहान फेला परेको थियो । अनुहार छियाछिया भएको अवस्थामा भेटिएको उनको शव २४ घण्टा नबित्दै प्रहरीले सन्तोषीको हो भनेर पुष्टि गरेको थियो । शव पुष्टि भएको २४ घण्टा नबित्दै प्रहरीले उनको हत्यारालाई पक्राउ गरी सार्वजनिक समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?