काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत समूह चरणका सम्पूर्ण खेल सकिएका छन्।
बुधवार राती समूह ‘ई’ र समूह ‘एफ’ का सबै खेल समापन हुँदा यस संस्करणका अन्तिम १६ टोली मात्र अब प्रतियोगितामा बचेका छन्। ६ वटै समूह बाट शीर्ष दुई टोलीले अन्तिम १६ मा स्थान बनाउँदा समूह ‘ए’, ‘सी’, ‘डी’ र ‘एफ’ मा तेस्रो स्थान ओगट्ने टोलीले पनि ‘नकआउट’ चरणमा स्थान बनाएका छन्।
तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाउन सफल टोलीहरू समूह ‘ए’बाट स्विट्जरल्यान्ड, समूह ‘सी’बाट युक्रेन, समूह ‘डी’बाट चेक गणतन्त्र र समूह ‘एफ’बाट पोर्चुगल रहेका छन्।

अन्तिम १६ का सबै टोलीहरू छिनोफानो हुँदा कसले कोसँग प्रतिस्पर्धा गर्ने छ त?
२६ जुन २०२१
वेल्सविरुद्ध डेनमार्क
नेपाली समय: बेलुकी ९:४५
स्थान: योहन क्राइफ एरेना, आम्स्टरड्याम, नेदरल्यान्ड्स
२७ जुन २०२१
इटालीविरुद्ध अस्ट्रिया
नेपाली समय: मध्यरात ००:४५
स्थान: वेम्बली मैदान, लन्डन, इङ्ल्यान्ड
नेदरल्यान्ड्सविरुद्ध चेक गणतन्त्र
नेपाली समय: बेलुकी ९:४५
स्थान: पुस्कास एरेना, बुडापेस्ट, हंगेरी
२८ जुन २०२१
बेल्जियमविरुद्ध पोर्चुगल
नेपाली समय: मध्यरात ००:४५
स्थान: इस्टाडियो डे ला कोर्टुजा, सेभिल, स्पेन
क्रोएसियाविरुद्ध स्पेन
नेपाली समय: बेलुकी ९:४५
स्थान: टेलिया पार्कन, कोपनहेगन, डेनमार्क
२९ जुन २०२१
फ्रान्सविरुद्ध स्विट्जरल्यान्ड
नेपाली समय: मध्यरात ००:४५
स्थान: नेशनल एरेना, बुकारेस्ट, रोमानिया
इङ्ल्यान्डविरुद्ध जर्मनी
नेपाली समय: बेलुकी ९:४५
स्थान: वेम्बली मैदान, लन्डन, इङ्ल्यान्ड
३० जुन २०२१
स्वीडेनविरुद्ध युक्रेन
नेपाली समय: मध्यरात ००:४५
स्थान: हामप्डेन पार्क, ग्लासगो, स्कटल्यान्ड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया