युरो कप २०२० : समूह ‘एफ’को समीकरण

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत समूह ‘एफ’का सम्पूर्ण समूह चरणका खेल सकिएका छन्।

फ्रान्स, पोर्चुगल, जर्मनी र हंगेरी सम्मिलित ‘ग्रुप अफ डेथ’ भनिएको समूह ‘एफ’मा फ्रान्स समूह विजेता बन्दा अप्रत्याशित रूपमा शानदार फुटबल खेलेको हंगेरी समूह चरणबाटै बाहिरिन पुग्यो। फ्रान्ससँगै जर्मनीले पनि दोस्रो स्थान कब्जा गर्दै अन्तिम १६ को यात्रा सुनिश्चित गरेको छ भने पोर्चुगलले तेस्रो स्थान ओगट्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ।

समूह ‘एफ’मा सबै समूह चरणका खेल सकिँदा अंक तालिका केही यस्तो देखिएको छ।

 

 

समूह ‘एफ’को समीक्षा

समूह विजेता: फ्रान्स


खेल: ३
जित: १
बराबरी: २
जर्मनीविरुद्ध: १-०
हंगेरीविरुद्ध: १-१
पोर्चुगलविरुद्ध: २-२
अंक: ५
गोल अन्तर: +१
सर्वाधिक गोलकर्ता: करिम बेन्जेमा (२)

 

दोस्रो स्थान: जर्मनी


खेल: ३
जित: १
बराबरी: १
हार: १
फ्रान्सविरुद्ध: ०-१
पोर्चुगलविरुद्ध: ४-२
हंगेरीविरुद्ध: २-२
अंक: ४
गोल अन्तर: +१
सर्वाधिक गोलकर्ता काई हाभर्ज (२)

 

तेस्रो स्थान: पोर्चुगल


खेल: ३
जित: १
बराबरी: १
हार: १
हंगेरीविरुद्ध: ३-०
जर्मनीविरुद्ध: २-४
फ्रान्सविरुद्ध: २-२
अंक: ४
गोल अन्तर: +१
सर्वाधिक गोलकर्ता: क्रिस्टियानो रोनाल्डो (५)

 

बाहिरिएको टोली: हंगेरी


खेल: ३
बराबरी: २
हार: १
पोर्चुगलविरुद्ध: ०-३
फ्रान्सविरुद्ध: १-१
जर्मनीविरुद्ध: २-२
अंक: २
गोल अन्तर: -३

 

जर्मनी र पोर्चुगल दुवै टोलीको समान अंक र गोल अन्तर रहँदा ‘हेड टू हेड’को आधारमा जर्मनी दोस्रो स्थानमा रहेको हो। अन्तिम १६ मा अब समूह विजेता फ्रान्सले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने जर्मनीले इङ्ल्यान्डको सामना गर्नेछ। त्यस्तै पोर्चुगलले नकआउट चरणमा बेल्जियमको प्रतिस्पर्धा गर्ने तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?