विपक्षी गठबन्धनको नजर सडकतिर, आज विद्यार्थी संगठनले आन्दोलन गर्दै

लोकपथ
161
Shares

काठमाडौं । विपक्षी गठबन्धनले वर्तमान सरकारकाविरुद्धमा आन्दोलन गर्न आफ्नो ध्यान सडकतिर केन्द्रीत गर्न खोजेका छन् । आज विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले सरकारका विरुद्धमा प्रदर्शन गर्न लागेका हुन् । आज दिउँसो ३ बजे काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने र लोकतन्त्रको हुर्मत लिने कदमकाविरुद्धमा सांकेतिक रुपमा विरोध प्रदर्शन गर्न लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । साथै कोभिड – १९ को माहामारीले जनताको आयस्रोत ठप्प भइरहेको अवस्थामा सरकारले पेटोलियम पद्धार्थको मुल्यवृद्धि गरेकाले सरकारका विरुद्ध आन्दोलन गर्नुपरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?