युरो कप २०२० : समूह ‘ई’को समीकरण

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत समूह ‘ई’का सम्पूर्ण समूह चरणका खेल सकिएका छन्।

स्पेन, पोल्यान्ड, स्वीडेन र स्लोभाकिया सम्मिलित समूह ‘ई’मा स्वीडेन समूह विजेता बन्दा रोबर्ट लेवान्डोस्कीको कप्तानीमा रहेको राष्ट्र पोल्यान्ड समूह चरणबाटै बाहिरिन पुग्यो। स्वीडेनसँगै स्पेनले पनि दोस्रो स्थान कब्जा गर्दै अन्तिम १६ को यात्रा सुनिश्चित गरेको छ भने स्लोभाकियाले तेस्रो स्थान ओगटेको छ।

समूह ‘ई’मा सबै समूह चरणका खेल सकिँदा अंक तालिका केही यस्तो देखिएको छ।

 

समूह ‘ई’को समीक्षा

समूह विजेता: स्वीडेन


खेल: ३
जित: २
बराबरी: १
स्पेनविरुद्ध: ०-०
स्लोभाकियाविरुद्ध: १-०
पोल्यान्डविरुद्ध: ३-२
अंक: ७
गोल अन्तर: +२
सर्वाधिक गोलकर्ता: एमिल फोर्सवर्ग (३)

दोस्रो स्थान: स्पेन


खेल: ३
जित: १
बराबरी: २
स्वीडेनविरुद्ध: ०-०
पोल्यान्डविरुद्ध: १-१
स्लोभाकियाविरुद्ध: ५-०
अंक: ५
गोल अन्तर: +५

 

तेस्रो स्थान: स्लोभाकिया


खेल: ३
जित: १
हार: २
पोल्यान्डविरुद्ध: २-१
स्वीडेनविरुद्ध: ०-१
स्पेनविरुद्ध: ०-५
अंक: ३
गोल अन्तर: -५

 

बाहिरिएको टोली: पोल्यान्ड


खेल: ३
बराबरी: १
हार: २
स्लोभाकियाविरुद्ध: १-२
स्पेनविरुद्ध: १-१
स्वीडेनविरुद्ध: २-३
अंक: १
गोल अन्तर: -२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?