काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जातीय भेदभाव तथा छुवाछुत मुद्दाजस्तो सरकारवादी मुद्दामा वहालवाला मन्त्रीले आरोपितलाई छुटाउन दौडधूप गर्नु विधिको शासनको ठाडो उपहास भएको बताएका छन् ।
उनले बुधवार साँझ ट्वीट गर्दै बहालवाला मन्त्री कृष्णगोपाल श्रेष्ठले विधिको शासनको ठाडो उपहास गरेको बताएका हुन् । रुपा सुनारले जातका कारण आफूलाई कोठा नदिएको भन्दै बबरमहलकी घरबेटी सरस्वती प्रधान विरुद्ध जाहेरी दिएपछि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको थियो । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले हिरासतबाट प्रधानलाई आफ्नै गाडीमा हालेर निकालेका थिए । यसको चौतर्फी आलोचना भएको छ ।
डा. भट्टराईले मन्त्रीको सो कदमले उत्पीडित दलित समुदायको घाउमा राज्यकै तर्फबाट थप नूनचूक दलिएको पनि बताएका छन् । उनले जो रक्षक उही भक्षक भएको भन्दै वृहद प्रतिरोधको आव्हान समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया