१. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ४ सय १४ परिक्षणमा थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ५ सय ५८ जना संक्रमणमुक्त, ८१ जनाको मृत्यु
२. सर्वोच्चमा आजबाट प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु, ५ जना कानून व्यवसायीले गरे बहस, जनप्रतिनिधिलाई सरकार बनाउनबाट कसैले रोक्न नसक्ने वरिष्ठ अधिवक्ता शम्भु थापाको जिकिर
३. आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर, शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख ३० हजार ३८५ रूपयाँ बिगो माग
४. दक्षिणकालीमा विभत्स अवस्थामा हिजो फेला परेको शव विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको भएको खुल्यो, बसपार्क पुगेर अल्मलियो प्रहरीको तालिमप्राप्त कुकुर
५. उदयपुरको कटारी नगरपालिकाको पहाडी क्षेत्रका ५ वटा वडाका जनप्रतिनिधिद्वारा छुट्टै गाउँपालिका गठन गर्न माग, ९, १०, ११, १२ र १४ वडाका जनप्रतिनिधि र स्थानीयले बुझाए ज्ञापनपत्र
६. दलित भएकै कारण कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरबेटी रिहा, प्रधानलाई लिन शिक्षामन्त्री श्रेष्ठ प्रहरी कार्यालय पुगेपछि चर्को आलोचना
७. लगानी बोर्डद्वारा करिब ९७ अर्ब बराबरको लगानी स्वीकृत, माथिल्लो तमोर र तल्लो मनाङ्ग मस्र्याङ्गदी जलविद्युत परियोजनाको काम अगाडी बढ्ने
८. ४५ अर्ब रुपैया बराबरको भटमासको कच्चा तेल नेपाल भित्रिएको भन्सार कार्यालयको भनाई, खाद्य व्यवस्था र साल्ट ट्रेडिङले खाद्यान्नमा उपभोक्ताहरुलाई दिँदै आएको २० प्रतिशत छुट बन्द
९.गत साता निरन्तरको वर्षापछि गएको पहिरोबाट मेलम्ची खानेपानी आयोजनामा १ अर्बको क्षति, सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति
१०. अस्ट्रेलियाको सिड्नीमा तीव्र रूपमा कोरोनाको संक्रमण बढेपछि फेरि नयाँ नियम, शहर बाहिर यात्रा गर्न प्रतिबन्ध, घर भित्र पनि मास्क लगाउनुपर्ने
११. कोरोनाको सुपरभ्याक्सीन बनाउने अमेरिकी वैज्ञानिकको तयारी, कोरोना भाइरसका अन्य भेरियन्टविरुद्ध काम गर्ने विश्वास, संभावित महामारीबाट बचाउन सक्ने अपेक्षा
१२. अफगानिस्तानको पूर्वी प्रान्त कुनारस्थित एक अस्पतालमा रकेट आक्रमणहुँदा कोरोनाविरुद्धको खोप जलेर नष्ट, तालिबान विद्रोहीद्वारा बन्दरगाह, शहर र ताजिकिस्तानको सबै सीमा चौकी कब्जा
१३. चीनले सीमानाका बन्द गर्दा उत्तर कोरियामा संकट, भोकमरीसँग जुधिरहेको उत्तर कोरियाली नागरिक थप जोखिममा
१४. नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारीको घुँडाको उपचार कतारमा हुने, आगामी असार १२ गते कतारको ‘एस्पेटार’ जाने
१५. युरो कपमा आज ‘ग्रुप अफ डेथ’को महाभिडन्त:जर्मनी र हंगेरी आमन्नेसामन्ने हुँदा पोर्चुगललाई फ्रान्सको चुनौति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया