७ चैत्र २०७९, मंगलवार

रंगशाला निर्माण गर्न एनआरएन सदस्यले गरे मन खोलेर सहयोग

२०७४,आश्विन,२१,शनिवार १४:१३

0
Shares

चितवन, २१ असोज – पश्चिम चितवनमा चित्रवन रंगशाला निर्माणका लागि सहयोग संकलन तीव्र पारिएको छ ।रंगशाला निर्माण समितिका अध्यक्ष सुरेन्द्र गुरुङले देश र विदेशमा बस्ने नेपालीहरुबाट सहयोग संकलन तीव्र पारिएको जानकारी दिए ।उनका अनुसार चितवन युवा समूह, अन्तर्राष्ट्रिय समन्वय समिति नेपालमार्फत प्रवासमा रहेका गैरआवासीय नेपालीहरुबाट संकलित रु चार लाख ७२ हजार समितिलाई प्राप्त भएको छ । यस्तै, अन्य गैरआवासीय नेपालीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको समितिका सचिव टुकमान गुरुङले जानकारी दिए ।चित्रवन रंगशाला निर्माण आर्थिक सहयोग संकलन समितिका अन्तर्राष्ट्रिय संयोजक सोम सापकोटाले पहिलो चरणमा संकलन भएको रु चार लाख ७२ हजार हस्तान्तरण गरेको र अभियान अझै जारी राख्ने बताए ।यस्तै, क्लिनिक नेपालका हरि भण्डारीले पनि आकर्षक गेट निर्माणका लागि रु १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको समितिले जनाएको छ । सरकारले रु ५० करोडमा निर्माण गर्न लागेको रंगशालाको अहिले यहाँ निर्माण कार्य चलिरहेको छ ।रंगशाला निर्माणका लागि गैरआवासीय नेपाली संघका प्रतिनिधि कुमार पन्तले रु दुई लाख, रामकृष्ण शर्माले रु एक लाख ५१ हजार, भवन भट्टले रु एक लाख, प्रविण गुरुङले एक लाख, गोविन्द श्रेष्ठले रु एक लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको समितिका अध्यक्ष सुरेन्द्र गुरुङको भनाइ छ ।सरकारले गत साल रु ५० लाख बजेट रंगशालाका लागि विनियोजन गरेपनि निर्माण कार्य प्रभावकारी हुन नसक्दा रु ३० लाख फिर्ता भएको समितिले जनाएको छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२१,शनिवार १४:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६
पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८