नेपालमा कोरोना : सक्रिय संक्रमित संख्या ५० हजार आइपुग्यो, हालसम्म ६ लाख ५६ हजारमा संक्रमण पुष्टि

लोकपथ
350
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोनाको कुल संक्रमितको संख्या ६ लाख ५६ हजार ८ सय ९१ पुगेको छ ।

जसमध्ये ६ लाख २७ हजार ८ सय ५४ जनाको पीसीआर र २९ हजार ३७ जनाको एन्टिजेन पुष्टि भएको स्वास्थ मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । पछिल्लो २४ घण्टामा गरिएको कुल १२ हजार ४ सय १४ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमित थपिएका हुन् ।

त्यसैगरी हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८ हजार ८ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कोरोनाको कारण थप ८१ जनाको मृत्यु भएको हो ।

प्रवक्ता गौतमले दिएको जानकारी दिएसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६८ हजार ४ सय ४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घटिरहेको छ । यसैगरी हालसम्म नेपालमा कुल सक्रिय संक्रमितको संख्या ५० हजार ५ सय २० रहेको प्रवक्ता पौडेलले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा थप ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काटमाडौंमा ३४६, भक्तपुरमा ५७ र ललितपुुरमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?