युरो कप २०२० : समूह चरणका अन्तिम चार खेल आज, ‘ग्रुप अफ डेथ’मा महाभिडन्त

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आज चार खेल खेलिने तालिका रहेको छ।

समूह चरणका सबै खेल आज अन्त्य हुने हुँदा समूह ‘ई’ र समूह ‘एफ’का सम्पूर्ण टोलीले आज प्रतिस्पर्धा गर्नेछन्। समूह ‘ई’बाट स्वीडेनले अन्तिम १६ मा स्थान पक्का बनाइसकेको हुँदा स्पेन, पोल्यान्ड र स्लोभाकियाको भाग्य आज राती ९:४५ को खेलले बताउनेछ।

त्यस्तै आज राती मध्यरात १२:४५ बजे समूह ‘एफ’का चार वटै टोलीले प्रतिस्पर्धा गर्नेछन्। ‘ग्रुप अफ डेथ’ मानिएको समूह ‘एफ’मा फ्रान्सले अन्तिम १६ मा स्थान पक्का बनाउँदा समूह विजेता लगायत तेस्रो टोलीको छिनोफानो आजका खेलले गर्नेछन्।

आजका चार खेल

समूह ई

१) स्लोभाकियाविरुद्ध स्पेन

नेपाली समय: बेलुकी ९:४५ बजे
स्थान: सेभिल, स्पेन
दर्शक: ३०,००० अपेक्षित
प्लेयर्स टू वाच: मारेक हामसिक (स्लोभाकिया), अलभारो मोराटा (स्पेन)

 

२) स्वीडेनविरुद्ध पोल्यान्ड

नेपाली समय: बेलुकी ९:४५
स्थान: सेन्ट पिटर्सबर्ग स्टेडियम, रसिया
दर्शक: ३४,००० अपेक्षित
प्लेयर्स टू वाच: एलेक्जेन्डर आइज्याक (स्वीडेन), रोबर्ट लेवान्डोस्की (पोल्यान्ड)

समूह एफ

१) जर्मनीविरुद्ध हंगेरी

नेपाली समय: मध्यरात १२:४५
स्थान: एलियान्ज एरेना, म्युनिख, जर्मनी
दर्शक: ३०,००० अपेक्षित
प्लेयर्स टू वाच: सर्ज ग्नाब्री (जर्मनी), पिटर गुलक्सी (हंगेरी)

 

२) पोर्चुगलविरुद्ध फ्रान्स

नेपाली समय: मध्यरात १२:४५
स्थान: पुस्कास एरेना, बुडापेस्ट, हंगेरी
दर्शक: ६०,००० अपेक्षित
प्लेयर्स टू वाच: क्रिस्टियानो रोनाल्डो (पोर्चुगल), किलियन एमबाप्पे (फ्रान्स)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?