कानून व्यवसायीलाई प्रधानन्यायाधीशको प्रश्न- ‘देउवासँगै ओलीले प्रधानमन्त्रीमा दाबी गर्नु उचित हो कि होइन ?’

लोकपथ
455
Shares

काठमाडौं । सर्वोच्चको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा बहस जारी छ ।

बहसका क्रममा प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवासँगै प्रधानमन्त्रीमा दाबी गर्नु उचित हो की होइन भन्नेबारे प्रश्न गरेका छन् ।

संवैधानिक इजलासमा बरिष्ठ अधिवक्ता बद्रि बहादुर कार्किलाई उनले सोधे–‘उँहा (केपी ओली) धारा ७६ को उपधारा–३ को सरकार त हुनुहन्छ निँ, अहिले विश्वासको मत पाएको नपाएको कुरा बेग्लै होला, अनि फेरी प्रतिस्पर्धा गर्न पाईँदैन र ?’

केपी शर्मा ओलीले धारा ७६ को उपधारा–५ अनुसार प्रधानमन्त्री पदमा आफुलाई दाबी गरेका थिए । बरिष्ठ अधिवक्ता कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसरी दाबी गर्न नमिल्ने जवाफ दिएका छन् । कर्किले भने–‘राजिनामा गनुपर्छ, त्यसरी भाँजो हालेर बस्न मिल्दैन । अब, ७६ (५) को अवस्थामा गैसकेको छ ।’

सर्वोच्चको संवैधानिक इजलासमा आजबाट प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाइ भइरहेको छ । आज विपक्षीका तर्फबाट ५ जना कानून व्यवसायीहरुले बहस गर्ने कार्यक्रम रहेको छ । आज गोविन्द्र बन्दी, खम्बरबहादुर खाती र बद्री बहादुर कार्कीले बहस गरेका छन् । भने बाँकी दुई जनाले बहस गर्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?