काठमाडौं । जबरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई पक्राउ गरिएको छ ।
आइतवार एक किशोरीलाई रातिको समयमा जबरजस्ती बलात्कार गरेको र मङ्गलवार पीडितका तर्फबाट निवेदन आएपछि बुधवार पीडितको निवेदनका आधारमा पीडक बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी जबर्जस्ती बलात्कार गरेका भन्ने पीडितको निवेदनका आधारमा अनुसन्धानका लागि अभियोग लागेका बुढालाई प्रहरीले पक्राउ गरी थुनामा राखेको उनले बताए ।
थप अनुसन्धानका लागि जिल्ला दैलेखबाट १० दिनको म्यादसमेत गरिएको श्रेष्ठले बताए । पीडित किशोरीलाई न्याय दिलाउन अनुसन्धान कार्य शुरु गरिएको पनि उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया