एमाले जाजरकोटमा के भयो भयो यस्तो ?

जाजरकोट, २१ असोज – आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि नेकपा (एमाले) जाजरकोटले मतदान प्रक्रियाबाट उम्मेदवारको छनोट गरेको छ ।करिब एक हप्तादेखि चलेको जिल्ला कमिटी बैठकबाट निर्णय हुन नसकेपछि उम्मेदवार सिफारिस गर्न मतदान प्रक्रिया अपनाइएको एमाले जाजरकोटका सचिव चन्द्रप्रकाश घर्तीले बताए ।उनका अनुसार संघीय संसदका लागि केन्द्रीय सदस्य भैरवसुन्दर श्रेष्ठ र पूर्व सांसद गोविन्दविक्रम शाहको नाम सर्वसम्मतिले टुंगिएको हो । प्रदेशका लागि पनि दर्जन भन्दा बढी नेताले इच्छा देखाएपछि मतदानबाट निर्णयमा पुग्नुपरेको एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले बताए ।बिहीबार सम्पन्न मतदानबाट प्रदेशसभाअन्तर्गत क्षेत्र नम्बर १ मा कमानबहादुर खड्का र निरज आचार्य तथा महिलातर्फ रीता रावलको नाम छानिएको उनले बताए ।क्षेत्र नं २ बाट करवीर शाही, कृष्णवहादुर विसी र रत्नप्रसाद न्यौपानेको नाम सर्वसम्मतरुपमा टुंगिएको छ । क्षेत्र नं १ का उम्मेदवारको टुंगो लगाउन एमालेको प्रदेश तथा जिल्ला समन्वय समितिका सदस्यहरुले मतदान गरेका थिए ।नेकपा (माओवादी केन्द्र) र एमालेबीच चुनावी तालमेलका लागि केन्द्रमा सहमति भएपछि हौसिएका एमाले नेताहरु टिकटका लागि आफ्नो आफ्नो पक्षको लविङमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?