युरो कप २०२० : समूह ‘डी’को समीकरण

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत समूह ‘डी’का सम्पूर्ण समूह चरणका खेल सकिएका छन्।

इङ्ल्यान्ड, क्रोएसिया, चेक गणतन्त्र र स्कटल्यान्ड सम्मिलित समूह ‘डी’मा इङ्ल्यान्ड समूह विजेता बन्दा छिमेकी राष्ट्र स्कटल्यान्ड समूह चरणबाटै बाहिरिन पुग्यो। इङ्ल्यान्डसँगै क्रोएसियाले पनि दोस्रो स्थान कब्जा गर्दै अन्तिम १६ को यात्रा सुनिश्चित गरेको छ भने चेक गणतन्त्रले तेस्रो स्थान ओगटेको छ।

अन्तिम समूह चरणको खेलमा क्रोएसिया र स्कटल्यान्ड दुवैलाई जित अपरिहार्य रहेको बेला क्रोएसियाको तराजु भारी रहन पुग्यो। उसले स्कटल्यान्डलाई ३-१ गोलले पराजित गर्दा अन्तिम समयमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। उता अन्तिम चरणको खेल अघि नै अन्तिम १६ को यात्रा सुनिश्चित गरिसकेका इङ्ल्यान्ड र चेक गणतन्त्र सहित समूह ‘डी’बाट तीन टोलीले ‘नकआउट’ चरणमा प्रवेश गरेका छन्।

समूह ‘डी’मा सबै समूह चरणका खेल सकिँदा अंक तालिका केही यस्तो देखिएको छ।

 

समूह ‘डी’को समीक्षा

समूह विजेता: इङ्ल्यान्ड


खेल: ३
जित: २
बराबरी: १
क्रोएसियाविरुद्ध: १-०
स्कटल्यान्डविरुद्ध: ०-०
चेक गणतन्त्रविरुद्ध: १-०
अंक: ७
गोल अन्तर: +२
सर्वाधिक गोलकर्ता: रहिम स्टरलिङ (२)

 

दोस्रो स्थान: क्रोएसिया


खेल: ३
जित: १
बराबरी: १
हार: १
इङ्ल्यान्डविरुद्ध: ०-१
चेक गणतन्त्रविरुद्ध: १-१
स्कटल्यान्डविरुद्ध: ३-१
अंक: ४
गोल अन्तर: +१
सर्वाधिक गोलकर्ता: इभान पेरिसिच (२)

 

 

तेस्रो स्थान: चेक गणतन्त्र


खेल: ३
जित: १
बराबरी: १
हार: १
स्कटल्यान्डविरुद्ध: २-०
क्रोएसियाविरुद्ध: १-१
इङ्ल्यान्डविरुद्ध: ०-१
अंक: ४
गोल अन्तर: +१
सर्वाधिक गोलकर्ता: प्याट्रिक शिक (३)

 

बाहिरिएको टोली: स्कटल्यान्ड


खेल: ३
बराबरी: १
हार: २
चेक गणतन्त्रविरुद्ध: ०-२
इङ्ल्यान्डविरुद्ध: ०-०
क्रोएसियाविरुद्ध: १-३
अंक: १
गोल अन्तर: -४

दोस्रो स्थानमा रहेको क्रोएसिया र तेस्रो स्थानमा रहेको चेक गणतन्त्र को समान ४ अंक र गोल अन्तर को बावजुद क्रोएसियाले चेक भन्दा १ गोल बढी गरेको कारणले दोस्रो स्थान ओगटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?