संसद, सरकार र पार्टी तहसनहस पार्नुको परिणाम देशले भोग्दैछ : माधव नेपाल

लोकपथ
91
Shares

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद, सरकार र नेकपा तहसनहस पार्नुको परिणाम देशले भोगिरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् संसदमा दुई तिहाई बहुमतका साथ बलियो सरकार बनेको र इतिहासकै ठुलो कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संसद, सरकार, नेकपा र नेकपा(एमाले)लाई तहसनहस पारेर गलत बाटो रोज्नुको परिणाम सिंगो देशले भोग्नु परेको बताएका हुन् ।

बरिष्ठ नेता नेपालले सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा नपुर्याउने र राम्रो परिणाम पनि नदिने बताए ।

उनले मुलुकलाई भड्खालोमा पुग्नबाट जोगाउनुपर्ने भन्दै संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरू एक हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?