१. प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तार सर्वोच्चद्वारा बदर, २० जना मन्त्री पदमुक्त
२.नेपालमा आज गरिएको १६ हजार ९१३ परिक्षणमा ४ हजार ५२२ जनामा संक्रमण पुष्टि, ४ हजार ९५४ जना संक्रमणमुक्त, ४१ जनाको मृत्यु
३. मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतको अन्तरीम आदेशपछि प्रतिक्रिया दिँदै नेकपा एमालेले भन्यो, नतिजा अप्रत्यासित आयो राष्ट्रिय राजनीति जटिल मोडतिर गयो, बाँकी कुरा बैठकपछि भन्छौँ
४. सर्वोच्च अदालतको आदेशले संविधानमाथिको प्रहारलाई ‘करेक्सन’गरेको कांग्रेसका वरिष्ठ नेता पौडेलको प्रतिक्रिया, ओलीका गलत कदमलाई सर्वोच्चले सच्याउनु स्वागतयोग्य
५.ओलीको तानाशाही शैली अब देशले धान्न सक्दैन भन्दै कड्कीए माओवादी केन्द्रका अध्यक्ष दाहाल, देशको राजनीतिक अवस्थालाई थप दुर्घटनातर्फ जान नदिने दाबी
६. ५४ दिनपछि निषेधाज्ञा खुकुलो बनाएसँगै निजी सवारी सडकमा, पसल र सवारी खुल्दा काठमाडौं उपत्यकामा भिडभाड, केही स्थानमा ट्राफिक जाम
७. कर्णाली प्रदेशका ४ जना सांसदको पद थमौती गर्ने अदालतको अन्तरिम आदेश विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भ्याकेट निवेदनमा फैसला, रिट निवेदकलाई सूचना दिन आदेश
८. स्वास्थ्य सामग्री पु¥याउन गएको वखत जंगलमा मृत अवस्थामा फेला परेकी डडेल्धुराको स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्या भएको पुष्टि, डीएनए परीक्षण गरिने, शव भेटिएको ठाउँनजिकै भेटियो मोबाइल फोन
९. निषेधाज्ञा अवधिभर अत्यावश्यक कामका लागि जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र काठमाडौं उपत्यका प्रवेश गर्न पाइने, मृत्यु संस्कार, कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान र आउन स्थानीय तहको सिफारिससहित प्रशासनबाट निवेदन लिनुपर्ने
१०. लुम्बिनी प्रदेशका उपेन्द्र यादव पक्षीय सांसदलाई महन्थ ठाकुरको २४ घण्टे स्पष्टीकरण, यादव पक्षले पाँच दिने स्पष्टीकरण सोधिएको प्रति ध्यानाकर्षण
११. अमेरिकाले नेपालसहित एसियाली मुलुकलाई थप एक करोड ६० लाख खोप दिने, यसै महिना खोप प्राप्त हुने
१२. कोरोना खोप लगाउन अस्वीकार गर्नेलाई कारागार चलान गर्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी, सरकारको कुरा नसुन्ने जनता देखेर आजित छु भन्दै थप्छन्, तपाईं छनोट गर्नुस्–खोप लिने कि जेल जाने ?
१३. दक्षिणकालीको पिकनिक स्पट छेउमा ढुंगाले अनुहार थिचेर नचिनिने अवस्थामा महिलाको शव फेला, हत्या भएको हुनसक्ने आशंका, प्रहरीले थाल्यो अनुसन्धान
१४. नेपाल, स्कल्यान्ड र नामिवियाबीच हुने त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृखंलाको अभ्यास आजबाट शुरु, स्पेन भ्रमण सफल बनाउन नेपालको जोडदार तयारी
१५. साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोट अन्तिम चरणको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीदवारा ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलावट, प्रशिक्षण आगामी असार १७ गतदेखि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया