सर्वाेच्चको फैसला : मन्त्री पद गुमाएका कर्ण के भन्छन् ?

लोकपथ
2.2k
Shares

काठमाडौं । निवर्तमान भूमि व्यवस्था,सरकारी तथा गरिबी निवारण मन्त्री लक्ष्मणलाल कर्णले सर्वाेच्च अदालतको निर्णयले राजनीतिमा दुरगामी प्रभाव पार्ने बताएका छन् ।

सर्वाेच्च अदालतले आज प्रधानमन्त्री केपी शर्मा ओलीको गत जेठ २१ र २७ को मन्त्रिपरिषद् विस्तारलाई बदर गरेपछि लोकपथसँग प्रतिक्रिया दिंदै जनता समाजवादी पार्टीका नेता समेत रहेका कर्णले यस्तो बताएका हुन् ।

कर्णले भने “यसको राजनीतिक प्रभाव हेर्ने हो भने दुरगामी छ,सर्वाेच्चले यसको परिणाम पनि हेर्नुपथ्र्यो तीन –चार जना मन्त्रीले देश कसरी चलाउलान् ? तर सर्वोच्चको निर्णय भने सबैले मान्नैपर्छ ” ।

कर्ण जेठ २१ मा प्रधामन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा मन्त्री बनेका थिए ।

प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको मिति समेत घोषणा गरेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु असंवैधानिक भएको भन्दै त्यस विरुद्द अधिवक्ताहरु दिनेश त्रिपाठीले मुद्दा दायर गरेका थिए । भने कीर्तिनाथ शर्मा पौडेल, कञ्चनकृष्ण न्यौपाने, शालिकराम सापकोटा लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?