एमाले प्रवक्ता भन्छन्- ‘सर्वोच्चको फैसलाले देशलाई राजनीतिक अन्यौलतातिर लैजान्छ’

लोकपथ
299
Shares

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्चको फैसला अप्रत्यासित रहेको बताएका छन् ।

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको विरुद्धमा परेको रिटमा अन्तरिम आदेश दिँदै मन्त्रीहरुलाई पदमुक्त गरिदिएपछि लोकपथसँग प्रतिक्रिया दिँदै प्रवक्ता ज्ञवालीले पार्टीको औपचारिक बैठक बसेर छुट्टै निर्णय गर्ने भएपनि अदालतको फैसलाले देशलाई राजनीतिक रुपमा जटिलता तिर लैजाने बताए ।

“पार्टीको बैठक बसी औपचारिक निर्णय आउँन बाँकी छ । तर आजको फैसला देशलाई थप राजनीतिक अन्यौलतातिर लैजान्छ । आजको फैसला अप्रत्याशित छ ।” प्रवक्ता ज्ञवालीले लोकपथसँग भने ।

आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले संसद विघटनपछि नियुक्त भएका अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल बाहेकका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम नगर्नु, गर्न नदिनु, नदिलाउनू’ भनी अन्तरिम आदेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?