नेपालमा कोरोना : कुल संक्रमित संख्या ६ लाख ५४ हजार नाघ्यो, थप ४ हजार ५ सय २२ जनामा संक्रमण

लोकपथ
91
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५४ हजार ४ सय ७० पुगेको हो । पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १६ हजार ९ सय १३ जनाको परीक्षण गर्दा सो परिमाणमा संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६४ हजार ८ सय ८२ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?