कोरोनाका कारण नेपालमा थप ४१ जनाको मृत्यु, ४ हजार ९ सय बढी संक्रमण मुक्त

लोकपथ
273
Shares

काठमाडौं । कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण कूल ८ हजार ८१३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोन भाइरसको संक्रमण पुष्टि भएको छ ।

१६ हजार ९ सय १३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख २६ हजार ३४३ जना तथा एन्टिजेन विधिबाट २८ हजार १२७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय ५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा ५ लाख ६४ हजार ८ सय ८२ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा निको हुने दर ९०.२ प्रतिशत रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?