सर्वोच्चको फैसला : अब को-को छन् ओलीको मन्त्रिमण्डलमा ?

काठमाडौं । मंगलवार सर्वोच्च अदालतले दोस्रो पटक विस्तार गरिएको मन्त्रिपरिषद्लाई उल्ट्याइदिएको छ ।

त्यससँगै अब प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलमा ओलीसहित ५ जना रहने भएका छन् ।

जसअनुसार प्रधानमन्त्री ओलीसहित उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ मात्रै रहेका छन् ।

पछिल्लो पटक प्रधानमन्त्री ओलीले ३ जना उपप्रधानमन्त्रीसहित २० जनालाई नयाँ जिम्मेवारी दिएका थिए । प्रधानमन्त्री ओली आफैँ अल्पमतमा रहेको भन्दै अधिवक्ता कीर्तिनाथ शर्मा, दिनेश त्रिपाठी, अमिता गौतम लगायतले रिट निवेदन दिएका थिए ।

त्यसमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले त्यसबारे अन्तरिम आदेश जारी गरेसँगै २० जना पदमुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?