२२ श्रावण २०७८, शुक्रवार

सेनाद्वारा काठेपुल निर्माण

२०७८,असार,८,मंगलवार १६:२४


काठमाडौं । मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुलको निर्माण गरेको छ । खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई वटा अस्थायी काठेपुल निर्माण गरेको हो ।

चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलामा रणदल गुल्मबाट खटिएको टोली, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहकार्यमा काठेपुल निर्माण गरिएको सेनाले बताएको छ ।

असार ४ गते अविरल वर्षापछि आएको बाढीपहिरोले मनाङ जिल्लाको विभिन्न स्थानमा पुल तथा सडक बगाएको छ । पुल बगाएपछि आवतजावतमा समस्या आएपछि अस्थायी काठेपुलको निर्माण गरिएको हो ।

प्रकाशित मिति: २०७८,असार,८,मंगलवार १६:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका ३०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३८ लाख बराबरको सुनसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका–८

काठमाडौं उपत्यकाका सातवटा विश्व सम्पदामध्येका एक चाँगुनारायण मन्दिर, भक्तपुरको चाँगुनारायण नगरपालिकामा अवस्थित छ । नेपालको प्रसिद्ध तीर्थस्थल मानिने यो मन्दिर

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा सुरुङ मार्गमा परेर विस्थापित भएका स्थानीयहरुको मागअनुसार व्यवस्थापन गर्न सरकारलाई निर्देशन

ताजा समाचार

इजरायलको रोजगारीमा ठगी धन्दा
 २०७८,श्रावण,२२,शुक्रवार ०७:४८