निउरो टिप्न गएकी गिताको बाघको आक्रमणबाट मृत्यु

लोकपथ
338
Shares

काठमाडौं । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका-५ मगरटोल बस्ने ३२ वर्षीया गिता अधिकारीको बाघको आक्रमणबाट सोमवार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित जनकौली मध्यवर्ती सामुदायिक वन भित्र निउरो टिप्न जाने क्रममा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?