बाढी पीडितहरुबारे जानकारी लिन उपप्रधानमन्त्री महतो सिन्धुपाल्चोकमा (तस्वीरहरु हेर्नुहोस्)

लोकपथ
741
Shares

काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोले सिन्धुलाल्चोकका बाढीपीडितहरुसँग भेटघाट गरेको छन् ।

आज उपप्रधानमन्त्री महतोले सिन्धुपाल्चोकको मेलम्ची र ईन्द्रावती नदिमा आएको बाढीका प्रभावित नागरिकहरुसँग भेटघाट, निरीक्षण गरेका हुन् ।

मंगलवार दिउँसो सिन्धुपाल्चोक पुगेका उपप्रधानमन्त्री महतोले मेलम्ची खानेपानी आयोजनाको ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, हेलम्बु गाउँपालिका लागयतका क्षेत्रहरुको स्थलगत निरीक्षण गरेका छन् ।

असार १ गते आएको बाढी पहिरोको कारण सिन्धुपाल्चोकको मेलम्ची हेलम्बु लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।

तस्वीरः उपप्रधानमन्त्री महतोको सामाजिक सञ्जालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?