कोलोराडोमा गोली चल्दा आक्रमणकारीसहित तीन जनाको मृत्यु

RSS
403
Shares

काठमाडौं । अमेरिकाको कोलोराडो राज्यको अर्वदा शहरमा सोमवार भएको गोली काण्डमा परेर तीन जना मारिएका छन् । अर्वदा शहरको प्रहरी विभागले ट्वीटमा सो कुराको जानकारी दिएको बताइएको छ ।

अर्वदा शहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एक जनाले गोली चलाएका थिए । त्यसमा परेर एकजना प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको बताइएको छ । सो प्रहरी विभागले सोमवार गरेको ट्वीटमा कोलोराडाको एक पुरानो शहर अर्वदामा सो हत्या काण्ड भएको र एकजना प्रहरी अधिकारी पनि मारिएको बताएको छ ।

ती प्रहरी अधिकारीको बारेमा उनका परिवारलाई सबैभन्दा पहिला खबर गरेर उनको पहिचान सार्वजनिक गरिने पनि सो ट्वीटमा उल्लेख गरिएको छ । एकजना अज्ञात व्यक्तिले सो क्षेत्रमा गोली चलाएका थिए । त्यस क्रममा अर्का एकजनाको पनि ज्यान गएको छ ।

सो आक्रमणकारी पनि प्रहरीको प्रतिकारमा मारिएको बताइएको छ । गोली चलाउने व्यक्तिलाई प्रहरीले आक्रमण गरेको थियो । त्यस क्रममा अर्का एकजना प्रहरी पनि घाइते भएका बताइएको छ । के कति कारणले त्यस व्यक्तिले प्रहरीमाथि गोली चलाएको हो भन्ने बारेमा भने केही पनि बताइएको छैन ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?