कोरोना प्रभावित र बाढी पीडितहरुलाई हिन्दु स्वयंसेवक संघद्वारा सहयोग

लोकपथ
91
Shares

काठमाडौं । कोरोनाको महामारी र बाढीपहिरोको पीडामा परेका नागरिकका लागि हिन्दु स्वयंसेवक संघ नेपालले देशका विभिन्न जिल्लामा सेवामुलक कार्य निरन्तर सञ्चालन गरिरहेको छ ।

संघ परिवारले सेवा इन्टरनेशनलको माध्यमबाट कोरोना महामारि शुरू भएदेखि नै आफ्नो सेवा कार्यलाई निरन्तरता दिई रहेको छ । यसै क्रममा स्वंयसेवक संघ कास्कीले पोखरा महानगरपालिका १९ लामाचौरका २३ परिवारलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको थियो । त्यहाँका गरिव तथा विपन्न परिवारका मानिस निषेधाज्ञाका कारण असहज अवस्थामा रहेका थिए । उनिहरूलाई संघका स्वंयम सेवकहरूले खाद्यान्न सामाग्री हस्तान्तरण गरेको थियो ।

यसैगरी स्वयम सेवक संघ, अग्रवाल सेवा केन्द्र र सेवा इन्टरनेसनल नेपालद्वारा रसुवाको गोसाईंकुण्ड गाउँपालिकाका प्रतिनिधिलाई कोभिड–१९ संक्रमणमा उपचारमा उपयोगी हुने सामाग्री हस्तान्तरण गरिएको थियो । संघले त्यस क्षेत्रमा कोरोना संक्रमित व्यक्तिहरूलाई औषधि अभाव भएको भन्दै त्यस क्षेत्रका जनप्रतिनिधीलाई बोलाई एन्टिबायोटिक, भिटामिन सी, भिटामिन डी, पासासिटामोलसहितको १२० थान औषधि तथा किट लगायतको स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको हो ।

त्यसैगरी गत असार १ गते सिन्धुपाल्चोकको मेलम्चीमा गएको विनाशकारी भीषण बाढीका कारण विस्थापित नागरिकका लागि पनि संघले राहत सामग्री वितरण गरेको छ । हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह संघचालक कल्याणकुमार तिमल्सिनाको नेतृत्वमा संघको केन्द्रीय कार्यालय काठमाडौंबाट राहत सामाग्री लगेको थियो । संघको स्वयंसेवकहरूको एउटा टोलीले हेलम्बुका बाढीबाट प्रभावित मानिसहरूका लागि कम्बल, त्रिपाल, ग्यास चुल्हो, चामल–दाल–तेलसहित खाद्यान्न, थर्मस, थाली, गिलासलगायतको सामाग्रीहरू वितरण गरेको थियो । ती सामग्री संघसहित सेवा इन्टरनेसनल नेपाल, विश्व हिन्दु परिषद् नेपाल, एकल अभियान, लायन्स क्लब काठमाडौँ समर्पण, माहेश्वर समाजलगायतको संयुक्त प्रयासमा हेलम्बु सम्म पु¥याएको संघले जनाएको छ ।

संघ परिवारले देशमा आएको हरेक किसिमको विपद् व्यवस्थापन र त्यसबाट प्रभावित व्यक्ति, समुदाय र समाजमा निरन्तर रूपमा सेवा कार्य गर्दै आईरहेको स्वंयम सेवक संघले जनाएको छ ।

त्यतिमात्रै नभएर कोशीका बाढी पीडितदेखि २०७२ सालको विनाशकारी भूकम्प पीडित नागरिकहरुलाई समेत संघका स्वंयसेवकहरू केहि हुने खाने समाजहरूसँग सहयोग संकलन गरी विपद्बाट प्रभावित क्षेत्रका नागरिकहरूलाई राहत प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?