राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाइयो

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणका लागि ५० जना खेलाडीलाई बोलाएका छन्।

आगामी ‘जुलाई १’ तारीखबाट सातदोबाटोस्थित ‘एन्फा कम्प्लेक्स’मा शुरू हुने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि अल्मुताइरीले प्रारम्भिक छनोटका लागि ५० खेलाडी बोलाएका हुन्। राष्ट्रिय टोलीले सो बन्द प्रशिक्षणमा ‘साफ च्याम्पियनशिप’ तथा चीनमा हुने ‘एएफसी एसियन कप’ प्रतियोगिताका लागि अभ्यास थाल्नेछ।

‘एन्फा’ले मंगलवार औपचारिक विज्ञप्ति निकाल्दै राष्ट्रिय टोलीको प्रशिक्षण ‘जुलाई १’ तारीखदेखि दुई शिफ्टमा गरिने जानकारी दिएको छ। ५० जना खेलाडीलाई दुई समूहमा बाँडेर बिहान १० बजे र बेलुकी ४ बजे गरी दुई शिफ्टमा अभ्यास गरिने जानकारी एन्फाले दिएको छ।

बन्द प्रशिक्षणमा बोलाइएका ५० खेलाडीमा विक्रम लामा, विमल घर्ती मगर, विकास खवास र अजित भण्डारी सम्मिलित छैनन्।

बन्द प्रशिक्षणको लागि बोलाइएका खेलाडी

अर्पण कार्की (गोलरक्षक), विकेश कुथु (गोलरक्षक), विशाल श्रेष्ठ (गोलरक्षक), विशाल सुनार (गोलरक्षक), दिप कार्की (गोलरक्षक), किरण कुमार लिम्बू (गोलरक्षक), आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिकचेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, पवि पासवान, रोहित चन्द, सञ्जोक राई, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ

 

तस्वीर :एन्फा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?