आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
182
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । केहिदिन यता निरन्तर घटिरहेको सुनको मूल्य सोमवार वृद्धि भएको थियो । त्यस्तै आज सुनको मूल्य वृद्धि हुने क्रमले निरन्तरता पाएको हो ।

सोमवारको तुलनामा मंगलवार छापावाला सुनको मूल्य तोलामा ६ सयले वृद्धि भएको छ । सोमवार छापावाला सुनको मूल्य ९० हजार ४ सय रहेकोमा आज ९१ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य ९० हजार ५ सय रहेको छ ।

सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । सोमवार प्रतितोला चाँदी १२ सय ९५ रहेकोमा आज मूल्य वृद्धि भइ प्रतितोला चाँदी १३ सय कामय भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?