सिंहदरबारबाट मोटरसाइकल चोरी गर्ने रमेश सुनार पक्राउ

काठमाडौं, ९ चैत । सिंहदरबारबाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाट गत चैत १ गते महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको बा १ ब ९९१३ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।पक्राउ पनेमा सोही मन्त्रालयका कार्यालय सहयोगी ललितपुर पुल्चोक घर भइ चितवन रत्ननगर नगरपालिका–७ का ३२ वर्षीय रमेश सुनार र उनकै भाइ चितवन रत्ननगर नगरपालिका–७ बस्ने ३० वर्षीय दिनेश सुनार रहेका छन् ।मोटरसाइकल चोरी भएपछि महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई बुधबार नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो ।सोही क्रममा चोरी भएको उक्त मोटरसाइकल दिनेशलाई दिएको खुलेको थियो ।त्यस्तै, इलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा सिंहदरबाट खटिएका प्रहरीको टोलीले मोटरसाइकल सहित दिनेशलाई समेत बिहीबार चितवनबाट पक्राउ गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?