पठायो सेवा आजबाट पुनः सुचारु

लोकपथ
77
Shares

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएको पठाओको राइड सेयरिङ सेवा आजबाट सुचारु भएको छ ।

निषेधाज्ञा खुकुलो बनाउँदै आजबाट सरकारले सवारीमा जोर बिजोर प्रणाली लागू गरे सँगै मंगलवारबाट पुनः सुचारु भएको हो ।

सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार राइड संचालन गरिने पठाओ नेपालका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले बताए । कोभिडको पुर्ण नियन्त्रण नभएको समयमा सकेसम्म घरमै बसेर सावधानी अपनाउन बस्न्यातले सुझाएका छन् ।

उनी थप्छन् ‘अत्यावश्यक काममा निस्कनै पर्दा आफ्नो सवारी नहुने ब्याक्तीहरुको लागि पठाओ सुरक्षीत बिकल्प हुन सक्छ। भिडभाड नहुने र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने भएकाले यात्राका लागि पठाओ सहज हुन सक्छ।’

नेपालमा सन् २०१८ को सेप्टेम्बरदेखि बाइक राइड सेयरिङ सेवा शुरु गरेको पठाओ नेपालले सन् २०१९ अगष्टदेखि कार लाइट ९ट्याक्सी० सेवा शुरु गरेको हो। सन् २०२० सेप्टेम्बरमा पठाओले होटल तथा रेस्टुरेन्टका खाजा तथा खानाका परिकारको होम डेलिभरी सेवा सुरु गरेको थियो।

हालै ग्रोसरी सामान डेलिभरी गर्दै पठाओ नेपालले ‘पठाओ बजार’ पनि शुरु गरेको छ। सामान अर्डर गरेको एक घण्टामै होम डेलिभरी दिने गरि जेठ ३० गते देखी सुरु गरिएको पठाओ बजार परीक्षणका क्रममा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?