युरो कप २०२० : समूह ‘सी’को समीकरण

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत समूह ‘सी’का सम्पूर्ण समूह चरणका खेल सकिएका छन्।

नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया र नर्थ म्यासेडोनिया सम्मिलित समूह ‘सी’मा नेदरल्यान्ड्सले शत प्रतिशत नतिजा निकाल्दा नर्थ म्यासेडोनिया समूह चरणबाटै बाहिरिन पुग्यो। नेदरल्यान्ड्ससँगै अस्ट्रियाले पनि दोस्रो स्थान कब्जा गर्दै अन्तिम १६ को यात्रा सुनिश्चित गरेको छ भने युक्रेनले तेस्रो स्थान ओगटेको छ।

अन्तिम समूह चरणको खेलमा युक्रेन र अस्ट्रिया दुवैलाई जित अपरिहार्य रहेको बेला अष्ट्रियाको तराजु भारी रहन पुग्यो। उसले युक्रेनलाई १-० गोलले पराजित गर्दा पहिलो पटक युरो कपमा अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ। उता आफ्नो पहिलो प्रमुख प्रतियोगिता खेलको नर्थ म्यासेडोनियाले तीनवटै खेलमा हार बेहोरे पनि सबैको मन जित्न सफल भएको छ।

समूह ‘सी’मा सबै समूह चरणका खेल सकिँदा अंक तालिका केही यस्तो देखिएको छ।

 

समूह ‘सी’को समीक्षा

समूह विजेता: नेदरल्यान्ड्स


खेल: ३
जित: ३
युक्रेनविरुद्ध: ३-२
अस्ट्रियाविरुद्धस्: २-०
नर्थ म्यासेडोनियाविरुद्ध: ३-०
अंक: ९
गोल अन्तर: +६
सर्वाधिक गोलकर्ता: जिनी वाइनाल्डम (३)

 

दोस्रो स्थान:अस्ट्रिया


खेल:३
जित: २
हार:१
नर्थ म्यासेडोनियाविरुद्ध: ३-१
नेदरल्यान्ड्सविरुद्ध: ०-२
युक्रेनविरुद्ध: १-०
अंक: ६
गोल अन्तर: +१

 

तेस्रो स्थान: युक्रेन


खेल: ३
जित: १
हार: २
नेदरल्यान्ड्सविरुद्ध:२-३
नर्थ म्यासेडोनियाविरुद्ध: २-१
अस्ट्रियाविरुद्ध: ०-१
अंक: ३
गोल अन्तर: -१
सर्वाधिक गोलकर्ता: आन्द्रे यार्मोलेनको, रोमन यारेमचुक (२)

 

बाहिरिएको टोली: नर्थ म्यासेडोनिया


खेल: ३
हार: ३
अस्ट्रियाविरुद्ध: १-३
युक्रेनविरुद्ध: १-२
नेदरल्यान्ड्सविरुद्ध: ०-३
अंक: ०
गोल अन्तर: -६

शीर्ष दुई टोली नेदरल्यान्ड्स र अस्ट्रियाले अन्तिम १६ मा स्थान पक्का गर्दा तेस्रो स्थानमा रहेको युक्रेनले भने अन्य टोलीको प्रदर्शनी कुर्नु पर्ने हुन्छ।

त्यस्तै समूह ‘ए’बाट तेस्रो स्थानमा रहेको स्विट्जरल्यान्डको टोलीले भने अन्तिम १६ को यात्रा सुनिश्चित गरेको छ। स्विस टोलीले समूह ‘बी’को तेस्रो स्थानमा रहेको टोली फिनल्यान्ड र समूह ‘सी’को तेस्रो स्थानमा रहेको युक्रेन भन्दा १ अंक बढी प्राप्त गरेको कारणले अन्तिम १६ मा स्थान सुनिश्चित गरेको छ। फिनल्यान्ड र युक्रेन दुवैको समान ३ अंक रहँदा स्विट्जरल्यान्डको ४ अंक रहेको छ।

त्यस्तै समूह ‘सी’मा दोस्रो स्थान ओगटेको अष्ट्रियाले अब अन्तिम १६ मा समूह ‘ए’को विजेता टोली इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?