युरो कप २०२० : समूह ‘बी’को समीकरण

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत समूह ‘बी’का सम्पूर्ण समूह चरणका खेल सकिएका छन्।

बेल्जियम, डेनमार्क, फिनल्यान्ड र रसिया सम्मिलित समूह ‘बी’मा बेल्जियमले शत प्रतिशत नतिजा निकाल्दा रसिया समूह चरणबाटै बाहिरिन पुग्यो। बेल्जियमसँगै डेनमार्कले पनि दोस्रो स्थान कब्जा गर्दै अन्तिम १६को यात्रा सुनिश्चित गरेको छ भने फिनल्यान्डले तेस्रो स्थान ओगटेको छ।

डेनमार्कले आफ्नो अन्तिम समूह चरणको खेलमा रसियालाई ४-१ गोलले पराजित गर्दा अन्तिम १६ को यात्रा सुनिश्चित गरेको हो। डेनमार्कलाई रसियाविरुद्ध जित सँगसँगै कमसेकम ३-० को गोल अन्तर आवश्यक रहेको थियो।

समूह ‘बी’मा सबै समूह चरणका खेल सकिँदा अंक तालिका केही यस्तो देखिएको छ।

 

समूह ‘बी’को समीक्षा

समूह विजेता: बेल्जियम


खेल: ३
जित: ३
रसियाविरुद्ध: ३-०
डेनमार्कविरुद्ध: २-१
फिनल्यान्डविरुद्ध: २-०
अंक: ९
गोल अन्तर: +६
सर्वाधिक गोलकर्ता: रोमेलु लुकाकु (३)

 

दोस्रो स्थान: डेनमार्क


खेल: ३
जित: १
हार:२
फिनल्यान्डविरुद्ध: ०-१
बेल्जियमविरुद्ध: १-२
रसियाविरुद्ध: ४-१
अंक: ३
गोल अन्तर: +१
सर्वाधिक गोलकर्ता: युसुफ पोलसेन (२)

 

तेस्रो स्थान: फिनल्यान्ड


खेल: ३
जित: १
हार: २
डेनमार्कविरुद्ध: १-०
रसियाविरुद्ध: ०-१
बेल्जियमविरुद्ध: ०-२
अंक: ३
गोल अन्तर: -२

 

बाहिरिएको टोली: रसिया


खेल: ३
जित: १
हार: २
बेल्जियमविरुद्ध: ०-३
फिनल्यान्डविरुद्ध: १-०
डेनमार्कविरुद्ध: १-४
अंक: ३
गोल अन्तर: -५

शीर्ष दुई टोली बेल्जियम र डेनमार्कले अन्तिम १६ मा स्थान पक्का गर्दा तेस्रो स्थानमा रहेको फिनल्यान्डले भने अन्य टोलीको प्रदर्शनी कुर्नु पर्ने हुन्छ। डेनमार्कले अब अन्तिम १६ मा वेल्सको सामना गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?