कोपा अमेरिका २०२१ : उरुग्वे र चिलेले खेले बराबरीको खेल

काठमाडौं । जारी कोपा अमेरिका २०२१ अन्तर्गत मंगलवार सम्पन्न पहिलो खेलमा उरुग्वे र चिलेले १-१ को बराबरी खेल खेलेका छन्।

ब्राजिलको ‘माटो ग्रोसो’मा भएको दक्षिणी समूहको खेलमा सर्वाधिक कोपा अमेरिका विजेता उरुग्वेले चिलेविरुद्ध केवल बराबरीको नतिजा निकाल्न सफल भएको हो। खेलको २६औं मिनेटमा चिलेका स्ट्राइकर एडुवार्डो भार्गासले गोल गर्दै चिलेलाई अग्रता दिलाएका थिए।

पहिलो हाफ आफ्नो पक्षमा पार्न सफल भएको चिलेले दोस्रो हाफमा आत्मघाती गोल गर्न पुग्यो। खेलको ६६औं मिनेटमा चिलेका स्टार खेलाडी अर्टुरो भिडालले आत्मघाती गोल गर्दा उरुग्वे खेलमा फर्किन सफल भयो।

त्यसपछी खेलमा दुवै टोलीले अरु गोल थप्न नसक्दा खेल १-१ गोलको बराबरीमा सकिएको हो। यस खेल पश्चात् दोस्रो स्थानमा रहेको चिलेको तीन खेलमा ५ अंक रहेको छ भने चौथो स्थानमा रहेको उरुग्वेको दुई खेलमा मात्र १ अंक रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?