युरो कप खेल २९ : फिनल्यान्डलाई पराजित गर्दा बेल्जियमले समूह चरणमा निकाल्यो शत प्रतिशत नतिजा

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति सम्पन्न समूह ‘बी’को खेलमा बेल्जियमले फिनल्यान्डलाई २-० गोल अन्तरले पराजित गरेको छ।

रसियाको ‘सेन्ट पिटर्सबर्ग स्टेडियम’मा भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमले जित निकाल्दै शत प्रतिशत जित दर्ता गरेको हो। पहिलो हाफको खेल गोलरहित बराबरीमा अन्त्य हुँदा बेल्जियमले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो।

खेलको ७४औं मिनेटमा बेल्जियमले अग्रता लियो। फिनल्यान्डका गोलरक्षक लुकास हराडेकीले आत्मघाती गोल गर्दा बेल्जियमले खेलमा अग्रता लिएको थियो। त्यसपछि खेलको ८१औं मिनेटमा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले दोस्रो गोल गरे। उनले केभिन डे ब्राइनको शानदार पासमा गोल गर्दै बेल्जियमलाई २-० गोलको जित दिलाउन सफल भएका हुन्।

यस जितसँगै बेल्जियम समूह सीको विजेता बन्दै अन्तिम १६ को यात्रा पक्का गरेको छ। उता फिनल्यान्ड भने तेस्रो स्थानमा रहँदा अन्य टोलीको प्रदर्शनी पर्खिनु पर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?