युरो कप खेल २८ : युक्रेनलाई पराजित गर्दै अस्ट्रिया अन्तिम १६ मा

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति सम्पन्न समूह ‘सी’को दोस्रो खेलमा अस्ट्रियाले युक्रेनलाई १-० गोलले पराजित गरेको छ।

रोमानियाको राजधानी बुकारेस्टमा भएको समूह चरणको अन्तिम खेलमा दुवै टोलीलाई जित अपरिहार्य रहेको थियो। जसमा अष्ट्रियाले जित निकाल्न सफल भएको छ। पहिलो हाफको २१औं मिनेटमा अस्ट्रियाले अग्रता लियो। कप्तान डाविड अलाबाको पासमा क्रिस्टोफ बाउमगार्टनरले गोल गर्दै अस्ट्रियालाई खेलमा अग्रता दिलाएका थिए।

निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले बल पोसेसनमा ५०/५० प्रतिशत कब्जा जमाएका थिए। तर खेलमा अरु कुनै गोल हुन नसक्दा अष्ट्रियाले जित दर्ता गरेको हो।

यस जितसँगै अष्ट्रियाको टोलीले समूह ‘सी’को उप-विजेता बन्दै अन्तिम १६को यात्रा सुनिश्चित गरेको छ। उता युक्रेन भने तेस्रो स्थानमा रहँदै अन्य टोलीको प्रदर्शनको पर्खाइमा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?