आज कोरोना संक्रमण मुक्त भएकाहरुको दर हालसम्मकै उच्च

लोकपथ
390
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार २९७ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९०४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उक्त सङख्यामा कोराना पुष्टि भएको हो ।

सोही अबधिमा ६ हजार ५८३ को पीसीआर र ४ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये पीसीआरमा एक हजार र एन्टिजेनमा ७१३ जना सङ्क्रमित पुष्टि भएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ४६ सङ्क्रमितको मृत्यु भएको छ । सोही अबधिमा देशभर ३ हजार १३० सङ्क्रमित निको भएका छन् । यो हालसम्मकै निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?