कपिलवस्तुमा थपियो एक साता निषेधाज्ञा

लोकपथ
156
Shares

कपिलवस्तु । आर्थिक र ब्यवसायिक गतिबिधि बढाउन कपिलवस्तुमा थप खुकुलोसहित एक साता निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमनको चेन ब्रेक गर्न कपिलवस्तुमा सातौं पटक निषेधाज्ञा थप गरिएको हो । असार ८ देखि असार १४ सम्मकालागि

निषेधाज्ञा थपिएको हो । जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ ।

आइतवार प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना ब्यवस्थापन समितिले गरको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो । प्रशासन र नापी कार्यालयको केही सेवाहरु असार ८ देखि सुरु गर्ने निर्णय गरिएको छ ।

प्रजिअ चक्रपाणी पाण्डेयले कोरोना भाईरासको दोश्रो भेरिन्टको चेन रोक्नकालागि फेरी एक साताकालागि निषेधाज्ञा थपिएको बताए । असार १४ गते १२ बजे सम्मका लागि निषेधाज्ञा जारी रहने छ ।

अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेयले बताए । खाद्यान्न तथा अन्य सरसामान किनमेलकालागि समयावधी बढाउदै दैनिक बिहान ९ बजे देखि दिउसो ५ बजे सम्म समय तोकिएको छ ।

बैकिङ र सरकारी कार्यालय खुला गरिएको छ । यस्तै मोटरसाईकल कार र अटो चलाउन समेत दिईनेछ । जिल्ला प्रशासन कार्यालयले सोमवार विज्ञप्तिमार्फत् जानकारी गराउँदै विगतको तुलनामा निषेधाज्ञा केही खुकुलो गराइने जनाएको छ ।

शैक्षिक संस्था, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, स्वीमिङ पुल, यात्रुबाहक लगायत सुविधा यथावत रोक लगाइएको छ ।

विवाह ब्रतबन्धमा १५ जना भन्दा बढी सहभागी नहुने गरी सम्पन्न गर्ने, सरकारी कार्यालय सेवा प्रदानमा स्वास्थ्य मापदण्ड अपनाएर गर्ने, अतिआवश्यक भौतिक, कृषि, खाद्यन्न सामाग्री किनमेल गर्नमा रोक लगाइएको छैन ।

सार्वजनिक यातायातमा भने रोक लगाइएको छ । , सभा सम्मेलन गोष्ठी हाटेल तथा रेस्टुरेन्ट लगायतका संचालन गर्न रोक लगाइएको छ । जिल्लामा १ सय ७३ सकृय सक्रमित छन ।

संक्रमितको संख्या घटेसंगै निषेधाज्ञालाई थप खुकुलो पारिएको प्रजिअ चक्रपाणी पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?