१५ एसएसपीको सरुवा : हेर्नुहोस् को कहाँ (सूचीसहित)

लोकपथ
364
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १५ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) को सरुवा गरेको छ ।प्रधान कार्यालयले सोमवार एसएसपीहरुको सरुवा गरेको हो ।

प्रधान कार्यालयद्धारा प्रकाशित सरुवा सूची अनुसार नेपाल प्रहरी प्रदेश कार्यालय बनेपामा रहेका एसएसपी उमेशराज जोशीको प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, अपराध अनुसन्धान महाशाखा नक्साल सरुवा भएको छ ।

मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ ।

श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोक, उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्ज र जनकराज पाण्डेयलाई प्रदेश कार्यालय कञ्चनपुरमा सरुवा गरिएको छ । एसएसपी दिपक थापालाई प्रदेश-२ प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ ।

हेर्नुहोस सूची : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?