नुवाकोट अमेरिका सम्पर्क समितिद्वारा त्रिशुली अस्पताललाई आर्थिक सहयोग

लोकपथ
702
Shares

विदुर । नुवाकोट अमेरिका सम्पर्क समितिले त्रिशुली अस्पताल नुवाकोटलाई कोभिड रोकथाम तथा नियन्त्रणको लागि स्वास्थ्य सामाग्री खरिद गर्न आर्थिक सहयोग उपलब्ध गराएको छ ।

समितिले अस्पताललाई स्वास्थ्य सामाग्री खरिद गर्नका लागि १ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

नुवाकोट लगायत विभिन्न जिल्लाबाट अमेरिकामा अध्ययन र रोजगारिको शिलशिलामा अमेरिकामा रहेका युवाहरुको सक्रियतामा संकलित रकमले स्वास्थ्य सामाग्री खरिद गर्न अस्पताललाई उक्त्त रकम उपलब्ध गराएको नुवाकोट अमेरिका सम्पर्क समिति अमेरिकाका सचिव शैलेश आचार्यले जानकारी दिए ।

हाल नुवाकोटको त्रिशुली अस्पतालले नुवाकोटसहित रसुवा र धादिङ गरि तीन जिल्लाका नागरिकहरुलाई उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।

अध्ययन तथा रोजगारीको शिलशिलामा अमेरिकामा रहेका नुवाकोटसहित विभिन्न जिल्लाका नागरिकहरुले आफ्नो सामाजिक उक्तरदायित्व अन्तर्गत संकलन गरेको रकम अस्पतालमा कोभिड नियन्त्रण र रोकथामको लागि सामाग्री खरिद गर्न सहयोग पुग्ने र यसको सहि सदुपयोग गरि बिरामि लाई सेवा दिने कुरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले बताए ।

आज नुवाकोट अमेरिका सम्पर्क समितिबाट उपलब्ध रकम ग्रहण गर्दै त्रिशुली अस्पतालका मेसु डा दिपेन्द्र पान्डेले उक्त समितिलाई धन्यवाद दिनुका साथै आगामी दिनमा पनि अस्पतालको सेवा र गुणस्तर उकास्न सहयोगको अपेक्षा गरेको बताएकी छिन् । साथै अन्य संघसंस्थाले सामाग्री सहयोग गरेको तर उत्त समितिको आर्थिक सहयोगबाट अस्पताल ले कोरोना नियन्त्रणको लागि आवश्यक स्वास्थ्यसामाग्री किन्न सकिने बताइएको छ ।

साथै नुवाकोट अमेरिका सम्पर्क समितिमा आवद्ध रहेकाहरुले संकलन गरेको रकम अस्पतालका कानुनी सल्लाहकार गोकर्ण पुडासैनीले अस्पताललाई हस्तान्तरण गरेका थिए ।

साथै उक्त्त समितिले जिल्लाको शिवपुरि गाउँपालिकामा निर्माण भएको आइसोलेसनलाई ५० हजार रेडक्रस जिलला शाखा लाई २० हजार र हल्देकालिका स्वास्थ्य चौकिलाई २० हजार रुपैयाँ आर्थिक सहयोग समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?