काठमाडौं । दाङमा सुनका गहना र नगद लुटपाट गर्ने एक जना पक्राउ परेका छन् ।
लमही नगरपालिका-७ कप्तानगञ्जस्थित जंगलमा रा १ ख २४१९ नम्बरको टिपर चालक समेत ४ जनाको सुनका गहना, नगद ९८ हजार रुपैयाँ र २ थान मोबाइल लुटपाट गरेको अभियोगमा लमही नगरपालिका-७ कमानपुर बस्ने २० वर्षीय किरण बुढालाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित संम्राट सिमेन्ट कम्पनीतर्फ जाने बाटोको जंगलमा बुढा समेत ३ जनाले भाला, हुक लगायतका हतियार देखाई उक्त गहना र नगद लुटपाट गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमही र अस्थाइ प्रहरी पोष्ट बन्गैबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न बुढालाई पक्राउ गरेको हो ।
लुटपाटमा संलग्न हाल फरार अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया