जिल्ला अस्पताल डोटीलाई २५ शैया हस्तान्तरण

RSS
169
Shares

काठमाडौं । पूर्व वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीलाई उपलब्ध गराइएको २५ शैया आज हस्तान्तरण गरिएको छ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढीरहेका र उपचार गर्न नेकपा ९एमाले० का नेता आलेको पहलमा उपलब्ध गराइएका ती शैया जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।

स्व। मोहन गोपाल खेतानको सम्झानामा स्थापित परोपकारी संस्था “अवसर पाउण्डेसन” र गोरखा ब्रुअरी प्रालिले निर्वतमान मन्त्री आलेको आग्रहमा ती शैयाहरु उपलब्ध गराएको थियो ।

उक्त संस्थाले उपलब्ध गराएका श्ययाहरु कम्तिमा पनि रु ७ लाख ५० हजारका रहेका छन् । उक्त शैयाहरु संस्थाका अध्यक्ष पिपी खेतानले निवर्तमान मन्त्री आलेलाई हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?