जसपा विवाद : आधिकारिकता दाबीका लागि महन्थ पक्षसँग आयोगले माग्यो जवाफ

लोकपथ
117
Shares

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकतबारे अध्यक्ष महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको छ ।

असार ४ गते अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकता निरुपणको मागसहित आयोगमा पत्र पेश गरेको थियो । यसैक्रममा आइतवार आयोगले महन्थ पक्षसँग लिखित जवाफ माग गरेको हो ।

जसपा विवाद निरुपणका लागि दुवै पक्ष आयोगमा पुगेसँगै आयोगले १५ दिनको समय दिँदै महन्थ पक्षसँग लिखित जवाफ माग गरेको हो ।

‘जनता समाजवादी पार्टी नेपालका तर्फबाट उक्त दलको केन्द्रीय कार्यकारिणी समितिको निर्णय र आवश्यक कागजातसहित राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ को खण्ड (ग) बमोजिम दलका पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विववाद निरुपण गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदन २०७८/३/४ मा दर्ता हुन आएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ को उपदफा २ बमोजिम निवेदन दावीका सम्बन्धमा लिखित जवाफ पेश गर्नका लागि यस्तो दावी तथा प्रमाणको प्रतिलिपी संलग्न गरी जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षलाई १५ दिनको सूचना दिने र लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्ने ।’ आयोगले पठाएको पत्रमा भनिएको छ ।

पार्टी विवाद उत्कर्षमा पुगेका बेला जसपाको दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो । तर आयोगले दुवै पक्षको दाबी नपुगेको भन्दै उक्त दुवै पक्षलाई फर्काइदिएको थियो । तर उपेन्द्र पक्षले भने आयोगको निर्णयमा अस्वीकार गरेको थियो । गत असार ३ गते बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले आधिकारिकता दाबीको लागि आयोग जाने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?