युरो कप २०२० : आज चार खेल, समूह ‘बी’ र ‘सी’को छिनोफानो लाग्ने

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आज सोमवार चार खेलको तालिका रहेको छ। नेपाली समय अनुसार बेलुकी ९:४५ बजे समूह ‘सी’का चारवटै टोली भिड्दै छन् भने मध्यरात १२:४५ बजे समूह ‘बी’का चार टोली प्रतिस्पर्धा गर्दै छन्।

समूह ‘सी’ अन्तर्गत नेदरल्यान्डसले दुई खेलमा ६ अंक बटुल्दै अन्तिम १६ को यात्रा सुनिश्चित गरिसकेको छ भने अस्ट्रिया र युक्रेनलाई जित अपरिहार्य रहेको छ। त्यस्तै समूह ‘बी’मा बेल्जियमको टोली फिनल्यान्डविरुद्ध जित निकाल्दै समूह चरणमा शत प्रतिशत नतिजा निकाल्ने दाउमा छ भने रसियालाई पराजित गर्दै डेनमार्क अंक तालिकामा खाता खोल्न चाहन्छ।

आजका चार खेल

१) नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्डस

समूह: सी
नेपाली समय: बेलुकी ९:४५
स्थान: योहन क्राइफ एरिना, आमस्टरड्याम, नेदरल्यान्डस
दर्शक: १२,००० अपेक्षित
प्लेयर्स टू वाच: गोरान पान्डेभ (नर्थ म्यासेडोनिया), डेन्जेल डमफ्राइज (नेदरल्यान्डस)

 

२) युक्रेनविरुद्ध अस्ट्रिया

समूह: सी
नेपाली समय: बेलुकी ९:४५
स्थान: नेशनल एरिना, बुकारेस्ट, रोमानिया
दर्शक: १३,००० अपेक्षित
प्लेयर्स टू वाच: आन्द्रे यार्मोलेनको (युक्रेन), डाविड अलाबा (अस्ट्रिया)

 

३) फिनल्यान्डविरुद्ध बेल्जियम

समूह: बी
नेपाली समय: मध्यरात १२:४५
स्थान: सेन्ट पिटर्सबर्ग स्टेडियम, रसिया
दर्शक: ३४,००० अपेक्षित
प्लेयर्स टू वाच: टीमु पूकी (फिनल्यान्ड), रोमेलु लुकाकु (बेल्जियम)

 

४) रसियाविरुद्ध डेनमार्क

समूह: बी
नेपाली समय: मध्यरात १२:४५
स्थान: टेलिया पार्क, कोपनहेगन, डेनमार्क
दर्शक: १२,००० अपेक्षित
प्लेयर्स टू वाच: डेनिस चेरीसेभ (रसिया), कास्पर स्माइकल (डेनमार्क)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?