सातै वटा प्रदेशमध्ये बागमतीमा थपिए सबै भन्दा धेरै कोरोना संक्रमित

लोकपथ
637
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १० हजार ९ सय ४ परीक्षणमा पीसीआर विधिबाट १ हजार ४ सय ८४ जनार ७ सय १३ जनामा एन्टीजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा सातै वटा प्रदेश मध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा कोरोना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा थप २ सय ८५, भक्तपुरमा ३३ र ललितपुरमा ६१ जना गरि काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा कोरोनाका कारण थप ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै नेपालमा थप ३ हजार १ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?