प्रदेश १ को प्रदेशसभा नियमावली पारित

इटहरी, ९ चैत । प्रदेश १ को प्रदेशसभा नियमावली पारित भएको छ ।विहीबार बसेको प्रदेशसभा बैठकले २११ निमय, २६ परिच्छेद र ७ अनुुसूची भएको प्रदेश १ को प्रदेशसभा नियमावली, २०७४ पास भएको हो ।प्रदेशको १ को नियमावलीमा उल्लेख भएअनुसार विशेष समयमा आफ्नो कुरा राख्न सांसदहरुलाई जम्मा तीन मिनेटको समय छुट्याइएको थियो ।प्रदेश संसद् तथा प्रदेश सांसदका काम, कर्तव्य, अधिकार र नियमहरूको दस्तावेज भनिने नियमावलीको हरेक पृष्ठमा सभामुखले हस्ताक्षर गरेर प्रमाणित गर्नुपर्ने हुन्छ । त्यसको एक–एकप्रति कानुन मन्त्रालय, संसद् सचिवालय, मुख्यमन्त्रीको कार्यालय, महान्यायाधिवक्ताको कार्यालय र पुस्तकालयमा राख्नुपर्ने व्यवस्था छ ।सभामुख प्रदीप भण्डारीले नियमावली बनिसकेकाले अब संसदले काम अगाडि बढाउन सहज हुने बताए ।गत फागुन १३ गते लिलाबल्लब अधिकारी संयोजकत्वको ११ सदस्यीय मस्यौदा समितिले नियमावली बनाएको हो । त्यस मस्यौदालाई संसदबाट पारित गर्नुअघि छलफल भएको थियो । छलफलमा १३ सांसदहरूले संशोधन प्रस्ताव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?